कालिका स्पोर्टसलाई हराउदै चर्च व्याइज हेमजा गोल्डकपको अन्तिम चारमा
कास्की | असार ५, २०७९
तस्बिर उमेश पुन
पोखरा: हेमजा युनाइटेड क्लबको आयोजनामा जारी ‘छैटौं नेपाल आइस अन्तरराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ को अन्तिम चारमा चर्च व्याइज क्लब प्रवेश गरेको छ ।
पोखरा महानगरपालिका २५ स्थित गौरी शंकर खेलमैदानमा आज भएको खेलमा कालिका स्पोर्टस् क्लब चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च व्याइज सेमिफाइनलमा प्रवेश गरेको हो ।
चर्च व्याइजको जीतमा आशिष चौधरीले खेलको ५३ औं मिनेटमा गोल गरे । अशोक खवासको लामो रिलिजलाई आफनो नियन्त्रणमा लिदै चौधरीले बललाई पोष्टको दिशा दिदै निर्णायक गोल गरेका थिए । उक्त निर्णायक गरेका चौधरी म्यान अफ द म्याचको ट्रफिसहित नगद रु ५ हजार प्राप्त गरे ।
अब चर्च व्याइजले सेमिफाइनलमा अफ्रिकन फुटबल टोली र नेपाल सशत्र प्रहरी बलबीच हुने खेलको विजेता टोलीसँग आगामी ९ गते प्रतिस्पर्धा गर्नेछ ।
यसअघि उद्घाटन खेलमा ३–१ गोल अन्तरले वीरगञ्ज युनाइटेडलाई हराउदै आयोजक हेमजा युनाइटेड सेमिफाइनल प्रवेश गरिसकेको क्लबका सचिव सुनिल गायकले जानकारी दिए ।
उनका अनुसार तेस्रो खेल सोमबार खुमलटार क्लब र बाग्मती क्लब बीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरि अन्तिम क्वाटरफाइनल खेल मंगलबार अफ्रिकन टोली र नेपाल सशत्र प्रहरी बल एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

